फ्रान्समा कोरोना सङ्क्रमणको दर बढेसँगै ४ हप्ताकाका लागि देशव्यापी लकडाउनको घोषणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले शनिवारदेखिलागू हुने गरी ४ हप्ताका लागि देशव्यापी लकडाउनको घोषणा गर्नुभएको हो ।
हिजो एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा राष्ट्रपति इम्यानुएलले लकडाउनको क्रममा देशभरका विद्यालय र कार्यालयहरु बन्द रहने तथा अत्यावश्यक सेवाहरु मात्रै सञ्चालनमा रहने बताउनुभयो ।
साथै उहाँले लकडाउनको बेला सार्वजनिक सभालाई पूर्ण रुपले रोक लगाइएको र उचित कारण बिना आफ्नो घरभन्दा १० किलोमिटर परसम्म निस्कन र जान नपाइने पनि प्रस्ट पार्नुभयो ।राष्ट्रपति इम्यानुएलले मुलुकमा कोरोना सङ्क्रमणको दर बढेपनि त्यसलाई नियन्त्रणमा लिनका लागि प्रयासहरु भइरहेको हुनाले आत्तिनु पर्ने अवस्था नरहेको पनि उल्लेख गर्नुभयो ।
फ्रान्समा हालसम्म कोरोना भाइरसका कारण ४६ लाख ४४ हजारभन्दा बढी मानिसहरु सङ्क्रमित भइसकेका छन् भने ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।