Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीमा क्रसर अनुगमनमा हिडेको टोली आगो निभाएर फर्कियो

सर्लाहीमा क्रसर अनुगमनमा हिडेको टोली आगो निभाएर फर्कियो

रमेश अधिकारी( रितिक)

१९, चैत्र २०७७
सर्लाहीमा क्रसर अनुगमनमा हिडेको टोली आगो निभाएर फर्कियो

सर्लाही, १९ चैत । सर्लाहीका सामुदायिक वनमा निरन्तर आगलागी भइ रहेको छ । विगत करिब १ महिनादेखिको निरन्तर लागेको आगो जिल्लाका केही कार्यालयका प्रमुखहरुले निभाएको नाटक गरेका छन् ।

images

जिल्लाका क्रसर उद्योगहरुको अनुगमन गर्दै हिँडेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी नेतृत्वको टोलीले लालबन्दी नगरपालिका–१७, रानीगन्जकोे एभरेष्ट सामुदायिक वनमा लागेको आगो निभाएर नाटकिय रुप देखाएको हो ।

दिनदहाडै खोला दोहन हुने र क्रसरहरु निरन्तर सञ्चालन भइ रहेको नदेख्ने अनुगमन समितिले सामुदायिक वनमा लागेको आगो निभाएर नाटकिय रुप देखाएको छ ।

जिसस सभापति चौधरी,प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत तथा कार्यालय प्रमुख माधवप्रसाद देव, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, सशस्त्र प्रहरी बल हरिवन बेस क्याम्पका सशस्त्र प्रहरी नायब उपरीक्षक जगन्नाथ खड्का, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक निर्मल थापा सहितको टोलीले खोला र क्रसरको अनुगमन तथा नियमन गर्नुको सट्टा वनमा लागेको आगो निभाएर उद्धारता देखाएको छ ।

हरेक पटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएपछि देखाउन गरिने क्रसरहरु र खोला अनुगमनले फेरी निरन्तरता पाएको हो । तर नत क्रसर मापदण्डमा सञ्चालीत छन् नत क्रसर सञ्चालन नै रोकिएको छ । साथै नदी दोहन त्यतिकै भइरहेको समेत अनुगमन समितिलाई थाहा नभएको पनि हैन ।

अनुगमनमा रहेको जिल्लाका प्रमुखहरुको टोली बुधबार राती करिब ८ बजे रानिगन्जबाट फर्किएको स्रोतले बताएको छ । आफूहरु क्रसरको अनुगमनमा हिँडेपनि वनमा भीषण डढेलो लागेको देखेपछि, सबैजना त्यहीँ उत्रिएर डढेलो निभाउन लागिपरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

वनका कर्मचारीहरुको टोलीले वुधवार नै जिल्लाको जानकीनगर क्षेत्रका दुई स्थानमा लागेको डढेलो समेत निभाएको डिभिजन वन कार्यालयका वन अधिकृत देवले बताउनुभयो । उहाका अनुसार स्थानीय वासिन्दाले नै जथाभावी डढेलो लगाइदिँदा नियन्त्रणमा चूनौति भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०७७ बिहिवार - ०८:५३:२३ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology