फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि फराकिलो गोल अन्तरले जित हात पारेको छ । नेदरल्यान्ड्सले जिब्राल्टारमाथि उसकै मैदानमा ७–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।
भिक्टोरिया स्टेडियम जिब्राल्टारमा नेदरल्यान्ड्सको फराकिलो जितमा मेम्फिस डिपाएले दुई गोल गर्दा स्टेभन वर्गहुइस, फ्रान्की डि जोङ, जर्जिन्हो वाइनाल्डम, डोनीएल मालेन र डोनी भान डि विकले समान एक गोल गर्नुभयो ।
यस्तै समूह ‘जी’ कै अर्काे खेलमा नर्वेले मोन्टेनेग्रोलाई १–० ले पराजित गर्दै जित हात पारेको छ भने लात्भिया र टर्कीबीचको खेल ३–३ गोलको बराबरीमा टुङ्गिएको छ ।
यी दुई टोलीबीचको खेलको नतिजा पछि टर्की ३ खेलबाट ७ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अङ्क भएपनि नेदरल्यान्ड्स, मोन्टेनेग्रो र नर्वे गोलअन्तरमा दोस्रो, तेस्रो र चौथो स्थानमा रहेको छ । अङ्कविहीन जिब्राल्टार पुछारमा छ ।
हिजै भएको समूह ‘ए’ अन्तर्गतको खेलमा अजरवैजानविरुद्ध सर्वियाले १–२ र लक्जेमवर्गविरुद्ध पोर्चुगल १–३ ले जित हात पारेको छ ।
यस्तै समूह ‘ई’ को खेलमा बेल्जियमविरुद्ध बेलारुस ८–० र वेल्सविरुद्ध चेक रिपब्लिक १–०, समूह ‘एच’ अन्तर्गत साइप्रसविरुद्ध स्लोभेनिया १–०, क्रोएसियाविरुद्ध माल्टा ३–०र स्लोभाकियाविरुद्ध रसिया २–१ ले जित हात पारेको छ ।