Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

ब्राजिलका सुरक्षा निकायका प्रमुखहरुले दिए राजीनामा 

ब्राजिलका सुरक्षा निकायका प्रमुखहरुले दिए राजीनामा 

images

एजेन्सी

१८, चैत्र २०७७
ब्राजिलका सुरक्षा निकायका प्रमुखहरुले दिए राजीनामा 
images

ब्राजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन्। राष्ट्रपति जायर बोल्सोनारोले सेनामाथि अनावश्यक दवाव दिने प्रयास गरेको भन्दै उनीहरुले त्यसको विरोधमा एकै पटक राजीनामा दिएका हुन् ।

कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदै गएको अवस्थामा देशका सबै सुरक्षा निकायका प्रमुखले राजीनामा दिएपछि ब्राजिल सरकार थप संकटमा परेको छ। चरम दक्षिणपन्थी बोल्सोनारुले क्वारेन्टिन सम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आउनुभएको छ।

ब्राजिलमा पछिल्लो समय फेरी कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक ब्राजिलमा हालसम्म १ करोड २६ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ११ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

images
प्रकाशित मिति :चैत्र १८, २०७७ बुधवार - ०९:१४:२० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology