Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मेलम्चीको पानी काठमाडौंका धारामा आउन थालेपछि स्थानीय खुशी 

मेलम्चीको पानी काठमाडौंका धारामा आउन थालेपछि स्थानीय खुशी 

images

सिआईएन

१८, चैत्र २०७७
मेलम्चीको पानी काठमाडौंका धारामा आउन थालेपछि स्थानीय खुशी 
images

सुसिला श्रेष्ठ, काठमाडौं, १८ चैत । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ को चुनाव प्रचारका क्रममा बानेश्वरमा भाषण गर्दै ‘म मेलम्चीको पानी ल्याएर सडक पखाल्छु’ भनेको कुरा मानिसहरु सम्झिन्छन् । त्यतिबेलै मेलम्चीको पानी घरको धाराबाट आउने सपना देखेका काठमाडौंबासीको त्यो सपना पूरा हुन झण्डै ३० वर्ष लाग्यो ।

काठमाडौंका केही भागमा वितरण गरिएको मेलम्चीको पानी आफ्नो घरको धारामा आउन थालेपछि स्थानीय खुशी छन् । पुरानो बानेश्वर, बत्तिसपुतलीका एरिना वैद्य दिउँसो ३ बजे नै धारामा पानी आएको देखेर निकै खुशी हुनुहुन्छ । अरु बेला बिहान बेलुका मात्रै धारामा पानी आउँथ्यो । धारा उही छ, अनि पानी थाप्ने भाँडो पनि उही । तर धारामा आएको पानी हो, मेलम्चीको ।

भिमसेन गोला काठमाडौका मीना देवि पनि मेलम्चीको पानी आएकोमा दङ्ग हुनुहुन्छ । अब जारको पानी किनेर खानु पर्ने बाध्यता हट्ला भन्ने उहाँलाई लागेको छ । तर मेलम्चीको पानी दिगो रुपमा धारामा नआउने हो कि, भन्ने चिन्ता पनि सँगसँगै छ । पुरानो वानेश्वरका उमेश लामिछानेलाई मेलम्चीको पानी आईहाल्ला भन्ने विश्वास थिएन । तर पानी आयो, त्यो पनि घरमा धारामा ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आइतबार महांकालचौर पोखरीमा आइपुगेको पानी देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कपन, न्युरोड लगायत क्षेत्रका धारामा पानी वितरण सुरू गरेको छ । महाकालचौरका अम्बर बहादुर मिश्र, २६ वर्षसम्म जारकै पानी किनेर खाएको सुनाउँदै मेलम्चीको पानीले त्यो बाध्यता हटाउने अपेक्षा गर्नुहुन्छ ।

कपन काठ्माडांैका सृजना चौलागाई दिउँसो पसलमा बसिरहनुभएको थियो । त्यहीबेला हल्ला चल्यो, धारामा मेलम्चीको पानी आएको । पसल बन्द गरेर घर पुग्नुभयो, धारामा पानी आएको हल्ला नभएर बास्तविकता रहेछ । अब मेलम्चीको पानी खेर नजाने गरी उपयोग गर्ने उहाँको योजना छ ।

पहिलो चरणमा ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित ट्याङ्कीहरुमा जम्मा हुनेछ । दोस्रो चरणमा बालाजुस्थित पानी पोखरीमा साढे ६ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्जका पानी पोखरीमा साढे ८ करोड लिटर र चौथो चरणमा किर्तिपुर, ठिमी, भक्तपुरस्थित पोखरीमा समेत गरेर १७ करोड लिटर पानी जम्मा हुनेछ ।

त्यो पानी काठ्माडौं उपत्यका खानेपानी लिमिटेडले अन्र्तगतका धाराहरुमा पानी गरिने छ । 

images
प्रकाशित मिति :चैत्र १८, २०७७ बुधवार - ०९:१३:२४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology