Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कोरोना महामारीको प्रभावपछि वैदेशिक रोजगारीमा जानेकोे सङ्ख्या घट्यो 

कोरोना महामारीको प्रभावपछि वैदेशिक रोजगारीमा जानेकोे सङ्ख्या घट्यो 

images

सिआईएन

१८, चैत्र २०७७
कोरोना महामारीको प्रभावपछि वैदेशिक रोजगारीमा जानेकोे सङ्ख्या घट्यो 
images

काठमाण्डौ, १८ चैत । कोरोना भाइरस कोभिड १९ को प्रभावपछि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षको चैत्र देखि चालु आर्थिक वर्षको हालसम्म बैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब ४ लाख ४४ हजार २ सय २७ जनाले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।  

अघिल्लो वर्ष ५ लाख ४५ हजार १७ जनाले श्रम स्वीकृत लिएका थिए, यो वर्षको चैत्र सुरु सम्म एक लाख ७ सय ९० जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । जसमा महिला कामदारको सङ्ख्या ७ हजार ७ सय ६२ जना रहेको छ अनि पूरुष कामदार भने ९३ हजार २८ जना रहेका छन् ।

यो वर्ष सबै भन्दा बढि कतार, साउदी अरब, दुवई, ओमान, र मलेसियाको लागी श्रम स्वीकृत लिएको वैदेशिक रोजगार विभागका सुचना अधिकारी महेन्द्रनाथ भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

दैनिक औसतमा १ सय ५० का दरले कोरोना सङ्क्रमित थपिँदै गएपछि त्यसको प्रभाव फेरी सबै क्षेत्रमा देखिन थालेको छ ।

images
प्रकाशित मिति :चैत्र १८, २०७७ बुधवार - ०९:१०:०५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology