Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अर्काकी श्रीमतीलाई जिस्काउदै श्रीमान् कुट्ने गोरखा गण्डकीका सोमबहादर गुरुङ सहित ३ जना पक्राउ

अर्काकी श्रीमतीलाई जिस्काउदै श्रीमान् कुट्ने गोरखा गण्डकीका सोमबहादर गुरुङ सहित ३ जना पक्राउ

images

इच्छाकामना न्युज

१७, चैत्र २०७७
अर्काकी श्रीमतीलाई जिस्काउदै श्रीमान् कुट्ने गोरखा गण्डकीका सोमबहादर गुरुङ सहित ३ जना पक्राउ
images

काठमाण्डौ, १७ चैत । श्रीमती जिस्काउनेलाई गाली गर्दा श्रीमानले उल्टै पिटाइ खाएको भिडियो सार्वजनिक भएको छ । काठमाडौं-२६ मित्रनगरस्थित नयाँ बसपार्कको २ नम्बर गेट अगाडि सडकमा एक जना युवालाई तीन चार जना मानिसको समूह मिलेर सोमबार कुटपिट भएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको थियो । 

अनुसन्धानका क्रममा सुनसरी घर भएका अमर लिम्बू श्रीमतीसँग बाटो हिँडिरहेका बेला केही युवाहरुले उहाँकी श्रीमतीलाई जिस्काएका थिए । श्रीमती जिस्काउनेलाई लिम्बूले गाली गरेपछि उल्टै पिटिनुभएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा गोरखाको गण्डकी गाउँपालिका–१ घर भई काठमाडौं ढुंगेधारा बस्ने ३० वर्षीय सोमबहादर गुरुङ, तनहुँको बन्दीपुर-६ घर भई ढुंगेधारा नै बस्ने २३ वर्षीय भरत गुरुङ र तनहुँको शुक्लागण्डकी गाउँपालिका–४ घर भई टोखा नगरपालिका–५ धापासी बस्ने ४५ वर्षीय दीपेन्द्र थापा रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले बताउनुभयो । 

उनीहरुलाई वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाविरुद्द अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । (नेपाल लाइभबाट)

images
प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - २१:२६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology