काठमाण्डौं, १७ चैत्र ।
आज मंगलबार राति ८ बजेदेखि केही समय मेरो सेयर नचल्ने भएको छ । थप सर्भरहरु जडान गर्नुपर्ने भएकोले सो सर्भर जडान गरी डाटा माइग्रेसन गर्न समय लाग्ने भएकोले मेरो सेयरमा समस्या हुने बताइएको छ । मेरो शेयरमा देखिएको समस्या समाधान गर्नको लागि थप सर्भर थप्न लागिएको हो ।
मेरो सेयरको सेवा अवरुद्ध हुँदा चैत १६ गते कारोबार भई चैत १८ गते राफसाफ तथा फर्छ्यौट हुनुपर्ने कारोबारको ई–डीआईएस प्रविष्टि गर्ने समय चैत १८ गते बिहान १० बजेसम्म कायम गरिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।