ज्ञानु गौतम, रुकुम, १६ चैत । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी नगरपालिकाले छुट्टै स्तनपान कक्ष सञ्चालन ल्याएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।
‘सेवाग्राही र कार्यालयमा कार्यरत कर्मचारीका लागि सहज होस् भन्ने ध्येयले स्तनपान कक्ष स्थापना गरिएको उहाको भनाई छ । झट्ट सुन्दा र देख्दा सामान्य जस्तो लागे पनि यसको महत्व र यसले पार्ने प्रभाव ठूलो रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर के.सि.ले बताउनुभयो ।
बहुक्षेत्रीय पोषण योजना र चौरजहारी नगरपालिकाको साझेदारीमा भवननै नयाँ निर्माण गरि ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको हो ।