Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

थारु समुदायका नागरिकमा सिकलसेल एनिमियाको समस्या उच्च 

थारु समुदायका नागरिकमा सिकलसेल एनिमियाको समस्या उच्च 

images

सिआईएन

१६, चैत्र २०७७
थारु समुदायका नागरिकमा सिकलसेल एनिमियाको समस्या उच्च 
images

चन्द्रप्रकाश नेपाली, दाङ, १६ चैत । थारु समुदायका नागरिकमा सिकलसेल एनिमियाको समस्या उच्च देखिएको छ ।  शरिरमा रहेका राता रक्तकोषहरु गोलाकार हुनपर्नेमा बंशाणुगत खराबीका कारण हसिया आकारको हुँदा सिकलसेलको समस्या देखा पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सरकारले यस्ता विरामीलाई उपचारका लागी १ लाख रुपैया दिदैै आएको छ, तर त्यो पर्याप्त नभएको बिरामीहरुको गूनासो छ ।   तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर ५ त्रिशिद्धि टोलका ६५ वर्षिय चटनी चौधरी सिकलसेलको समस्याबाट पिडित हुनुहुन्छ । सुरुमा त रोगको पहिचान गर्नै मुस्किल भयो । जब रोग पहिचान भयो, उपचारमा लाखौ खर्च भइसकेको छ । स

रकारले यो रोग लागेकाहरुलाइ दिदै आएको १ लाख रुपैंया पनि उहाँले प्राप्त गर्नुभएको छैन ।  २०७१ सालमा सिकलसेललाई गम्भिर जनस्वास्थ्य समस्याका रुपमा स्वीकार गरेर सरकारले विरामीलाई उपचारका लागी १ लाख रुपैया दिने घोषणा गरेको थियो । विरामीले औषधीका साथै सरकारको तर्फबाट कुनै पनि सहयोग नपाएको गुनासो गर्छन् ।

२०६८ सालको जनगणना अनुसार देशभर १७ लाखभन्दा धेरै थारु समुदायका नागरिक रहेका छन् भने दाङमा मात्रै १ लाख ६३ हजारभन्दा धेरै छन् ।  सिकलसेलको जाँच निशुल्क हुनुपर्ने र  विरामीले औषधी उपचारका साथै स्थानीय स्तरबाटै आर्थिक सहयोग पाउनु पर्ने थारु स्वास्थ्यकर्मी समाजका केन्द्रिय अध्यक्ष जिवराज चौधरीले बताउनुहुन्छ ।  

केही समय पहिले थारु स्वास्थ्यकर्मी समाजको समन्वयमा दाङका ५८ जनाको नमुना परिक्षण गरिएकोमा ३१ जनामा सिकलसेल एनिमिया देखिएको हो । दाङका थारु समुदायमा यो रोगको समस्या उच्च देखिएको छ । रोगको सम्पूर्ण उपचार निशूल्क रुपमा गरिदिनुपर्ने बिरामीहरुको माग छ । 

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - १९:४२:०२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology