Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय 

वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय 

images

इच्छाकामना न्युज

१६, चैत्र २०७७
वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय 
images

काठमाण्डौ, १६ चैत । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । लामो समयको खडेरीले हावा सुक्खा भएको र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएको मौसमविदहरुले बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराउनुभएको  थियो  ।  बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । भोली देखि सबै शिक्षण सस्थाहरु शुक्रबार सम्म बन्द हुने छ । 

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - १९:३३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology