Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोनाविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्दै 

कोरोनाविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्दै 

images

इच्छाकामना न्युज

१६, चैत्र २०७७
कोरोनाविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्दै 
images

काठमाण्डौ, १६ चैत । नोबेल कोरोना भाइरसविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्ने भएको छ । खोपलगायका स्वास्थ्य सामग्री लिनका लागि बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज अहिले बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज हिजो साँझ चीनको राजधानी बेइजिङ गएको थियो । आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिएर निगमको जहाज काठमाडौँ अवतरण गर्ने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । चिनिया खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले चीनको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले निर्णय भएपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा सरकार छ । 

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - ०९:०१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology