Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भारतमा कोरोना सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड 

भारतमा कोरोना सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड 

images

एजेन्सी

१५, चैत्र २०७७
भारतमा कोरोना सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड 
images

भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ ।पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । एकैदिन सङ्क्रमण पुष्टि भएको यो सङ्ख्या भारतमा यो वर्षकै धेरै हो ।

यसअघि शनिबार यो वर्षकै दोस्रो धेरै ६२ हजार २ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ सङ्क्रमितको सङ्ख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको छ ।

हालसम्म भारतमा १ करोड १३ लाख २१ हजार ५ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख ८७ हजार ८ सय ४० छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ६१ हजार ५ सय ८६ पुगेको छ ।पछिल्लो २४ घण्टामा भारतमा थप ३ सय ११ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - ०९:४५:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology