Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

म्यानमारमा सेनाको ज्यादतीः गोली प्रहार गरी एकैदिन ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु

म्यानमारमा सेनाको ज्यादतीः गोली प्रहार गरी एकैदिन ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु

images

एजेन्सी

१५, चैत्र २०७७
म्यानमारमा सेनाको ज्यादतीः गोली प्रहार गरी एकैदिन ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु
images

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० भन्दा बढी प्रदर्शनकारीहरुको मृत्यु भएको छ । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेकाहरुमाथि सेनाले गोली प्रहार गर्दा ९१ जनाको ज्यान गएको हो ।

शनिबार सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गरेका छन् । ।

घटनास्थलमा रिपोर्टिङमा रहेका एक पत्रकारका अनुसार त्यहाँ प्रदर्शनकारीहरुमाथि प्रहरीले नै गोली चलाएको बताएको बीबीसीले खबर लेखेको छ । म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुले ज्यान गुमाइसकेका छन् ।

प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता बताएका छन । उनले सेना नै सत्तामा आउनुपर्ने र नेतृ आङ सान सुकी र सुकी नेतृत्वको पार्टीले अवैध काम गरेको आरोपसमेत लगाएको बिबिसीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - ०८:०२:०६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology