Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

बाख्रा चराउँदै, ल्यापटप चलाउँदै इटलीकी बालिका (फोटो फिचर)

बाख्रा चराउँदै, ल्यापटप चलाउँदै इटलीकी बालिका (फोटो फिचर)

images

एजेन्सी

१५, चैत्र २०७७
बाख्रा चराउँदै, ल्यापटप चलाउँदै इटलीकी बालिका (फोटो फिचर)
images

कोरोना महामारीले आजभोलि स–साना बालबालिका स्कूलका कक्षाहरु छुटाइरहेका छन् । घरमा शिक्षकहरुसँग भर्चुवल रुपमा आफ्ना पठनपाठन जारी राख्न बाध्य छन् । यस्तै समस्यामा छन्, इटालीको ट्रेन्टिनोमा अवस्थित वर्ष १० की सोल उपत्यकाकी बालिका फियामेत्ता मेलिस । उनी कक्षा ४ मा पढ्छिन् । तर उनका कक्षाहरु कोरोना भाइरसको महामारीका कारण बन्द रहेका छन् ।

Itali_girl-1536x864.jpg

अब उनलाई आफ्ना बाबुलाई काममा सघाउनुको विकल्प छैन । त्यहिबाट आफ्नो पढाइ र पाठहरुलाई अघि बढाउनु परिरहेको छ । ‘फियामेत्ता विद्यालयकी जेहेन्दार विद्यार्थी हुन् र हिमाली भू–भागको वातावरणले उनमा अनुकुलताको महत्वका बारे अध्ययन गराइरहेको छ,’ उनका पिता बताउँछन् । उनको पढाईलाई ल्यापटपले सहयोग पुर्याइरहेको छ । पिताले उनको ल्यापटपमा मोबाइलको हटस्पट जोडिदिएका छन् । सोल उपत्यकामा नेटवर्कले राम्रो काम गर्छ ।

Itali_girl4-768x432.jpg

हिमाली किसानकी छोरीका जीवन पढाई र आफ्ना बाबुलाई काममा सहयोग गर्दैमा फुर्सद छैन । उनी आफ्ना शिक्षकहरुसँग ल्यापटपको मोनिटरमा पढ्छिन् । अनि, आवश्यक पर्दा आफ्ना बाबुलाई बाख्रा हेर्न सहयोग गर्छिन् । यी दुई कार्य उनका लागि आकाश जमीनको फरकका काम हुन् तर बालबालिकाको शारीरिक र मानसिक विकासमा यसले राम्रै सहयोग गरेको बुझ्न सकिन्छ ।

Itali_girl2-768x432.jpg

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - ०७:५६:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology