Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

जुवा खेल्दै गर्दा गोरखा गण्डकी गापाका मदन पन्त सहित ८ जुवाडे लमजुङको खुदीबाट पक्राउ

जुवा खेल्दै गर्दा गोरखा गण्डकी गापाका मदन पन्त सहित ८ जुवाडे लमजुङको खुदीबाट पक्राउ

images

इच्छाकामना न्युज

१४, चैत्र २०७७
जुवा खेल्दै गर्दा गोरखा गण्डकी गापाका मदन पन्त सहित ८ जुवाडे लमजुङको खुदीबाट पक्राउ
images

लमजुङ, १४ चैत । प्रहरीले उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ३, खुदी पुरानोबजारबाट ८ जुवाडे पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद २ लाख ७७ हजार ३ सय ६० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश पुनले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति १ बजेतिर स्थानीय जंगबहादुर तामाङको घरमा जुवातास खेल्दै गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो । प्रहरीले घरधनी तामाङ सहित ८ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका २ का ३५ वर्षिय मदन पन्त सहित लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ खुदीका ४६ वर्षीय जंगबहादुर तामाङ (घरधनी), क्व्होलासोंथर गाउँपालिका २ का २२ वर्षीय तिलक घले, बेंसीसहर नगरपालिका ७ का २१ वर्षीय अनिल रिमाल, ४२ वर्षीय राजन सुयल, चितवनको भरतपुर महानगरपालिका १० का ४२ वर्षीय सुरेश केसी, भरतपूर महानगरपालिका ११ का ३४ वर्षीय विष्णु गिरी र गोरखाको गोरखा नगरपालिका ४ का ३१ वर्षीय सीताराम गिरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - १९:२३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology