Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण विरुद्ध बंगलादेशमा भएको झडपमा कम्तिमा ४ जनाको मृत्यु 

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण विरुद्ध बंगलादेशमा भएको झडपमा कम्तिमा ४ जनाको मृत्यु 

एजेन्सी

१४, चैत्र २०७७
भारतीय प्रधानमन्त्री मोदीको भ्रमण विरुद्ध बंगलादेशमा भएको झडपमा कम्तिमा ४ जनाको मृत्यु 
images

बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण विरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीसँग झडप हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ । दुई दिने भ्रमणका लागि मोदी हिजो बंगलादेश पुग्नु भएको थियो ।

images
images

चटगाउँमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको र घाइतेमध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको बीबीसीले लेखेको छ । हिफाजत ए इश्लाम संगठनका नेता मुजिवुर रहमान हामिदीले आफ्नो संगठनका सदस्य प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गर्नु भएको छ ।

उहाँले प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको दावी गर्नुभएको तर त्यसको स्वतन्त्र पुष्टि भइनसकेको बीबीसीले लेखेको छ । केहि दिनदेखि कैयौँ मुश्लिम नेता तथा वामपन्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा ¥याली समेत निकाल्दै आएका थिए ।

मोदी बंगलादेशको ५० औं स्वतन्त्रता दिवस तथा संस्थापक शेख मुजीबुर रहमानको जन्मशताब्दीमा आयोजित कार्यक्रममा सहभागी हुन बंगलादेश पुग्नु भएको हो । 

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - ०९:१०:२७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology