Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

निर्माणाधीन संसद भवनको २७ प्रतिशत काम पूरा 

निर्माणाधीन संसद भवनको २७ प्रतिशत काम पूरा 

images

इच्छाकामना न्युज

१४, चैत्र २०७७
निर्माणाधीन संसद भवनको २७ प्रतिशत काम पूरा 
images

काठमाण्डौ, १४ चैत । सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसद भवनको २७ प्रतिशत कम पूरा भएको छ ।

२०७६ असोजमा शिलान्यास भइ काम सुरु भएकोमा कोरोनाका कारण सोँचेअनुरुप प्रगति हुन नसकेको ठेकेदार कम्पनी टुन्डी शेक जेभीका प्रोजेक्ट म्यानेजर काशी डोटेलले जानकारी दिनुभयो । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले निर्माणाधीन संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।

हिजो अवलोकन तथा निरीक्षण गर्नुभएका उपाध्यक्ष दाहालले संसद भवन निर्माण गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गर्नुभएको छ । उहाँले गुणस्तरमा सम्झौता नगर्न र काम गर्दा आइपरेका समस्या समाधानका लागि खुलेर छलफल गर्न निर्माण कम्पनी तथा विशेष भवन निर्माण आयोजनाका कर्मचारीलाई निर्देशनसमेत दिनुभएको छ ।

भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेकोविशेष भवन निर्माण आयोजना अन्तर्गतका इञ्जिनियर धर्मेन्द्र पन्थीले जानकारी दिनुभयो ।

सिंहदरबार परिसरभित्रको १ सय ५१ रोपनी क्षेत्रफलमा संसद भवन बनिरहेको छ । भवन निर्माणको काम २०७९ चैत १५ गतेसम्म गरिसक्नुपर्नेछ । 

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - ०८:५७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology