Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपाली आकाशमा खराब तुवालो बढ्यो

नेपाली आकाशमा खराब तुवालो बढ्यो

images

इच्छाकामना न्युज

१४, चैत्र २०७७
नेपाली आकाशमा खराब तुवालो बढ्यो
images

काठमाडौं, १४ चैत । यही वेला डढेलो तथा आगलागीको धुवाँले प्रदूषण ह्वात्तै बढाइदिएको हो । बिहीबार ४५ जिल्लाका चार सय ७९ र शुक्रबार ५४ जिल्लाका चार सय ३७ स्थानमा डढेलो लागेको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालको तथ्यांक छ ।

यसबाहेक मुलुकका विभिन्न बस्तीमा आगलागी भएको छ । आकाश तुँवालोले ढाक्नुका साथै पानी नपर्दा शुक्रबार ललितपुरको भैँसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा ३०८ सम्म पुगेको थियो ।

शुक्रबार अपराह्न २ बजेयता काठमाडौंमा वायुको गुणस्तर सूचकांक एक्युआई ४७० सम्म पुग्यो । चितवन, धुलिखेल, पोखरा, सिमरा, दमक, धनगढीलगायतका क्षेत्रमा पनि प्रदूषणको मात्रा उच्च पुगेको छ । जब कि यो सूचकांक २०० नाघ्नुलाई अति अस्वस्थकर र ३०० नाघ्नुलाई घातक मानिन्छ । तुँवालोका कारण ‘भिजिबिलिटी’ कम हुँदा शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा उडानसमेत प्रभावित भयो ।

‘उपत्यकामा पानी पर्न सकेको छैन, हावाहुरी पनि चलेको छैन,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘लाङटाङ राष्ट्रिय निकुञ्ज र पश्चिमी क्षेत्रमा भएका डढेलाको धुवाँ यहाँको प्रदूषणमा मिसिँदा तुँवालो बन्यो ।’ सन् २०१२ मा पनि लाङटाङमा कैयौँ दिनसम्म डढेलो लाग्दा काठमाडौंको आकाशमा तुँवालो लागेको थियो ।

स्विट्जरल्यान्डमा मुख्यालय रहेको आइक्यु एयरले त काठमाडौंलाई प्रदूषित सहरमध्ये पहिलो नम्बरमा समावेश गरेको थियो । यद्यपि, विश्व वायु गुणस्तर परियोजनाको तथ्यांकमा उच्च प्रदूषणमा काठमाडौंभन्दा सुडान, चीन र भारतका सहर अगाडि देखिन्छन् ।

मौसमविद् पौडलका अनुसार मुलुकका अन्य क्षेत्रमा स्थानीय र पश्चिमी वायुको हल्का प्रभाव रहेकाले केही क्षेत्रमा वेलावेला फाटफुट वर्षा हुने गरेको छ । तर, उपत्यकामा तत्काल पानी पर्ने सम्भावना छैन । ‘पानी परेन वा ठूलो हावा चलेन भने यहाँको प्रदूषण हट्न गाह्रो हुन्छ,’ उनले भने ।

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठका अनुसार वायुमण्डलमा उच्चचापीय क्षेत्र मजबुत बनिदिँदा खासै पानी पर्न सकेको छैन । ‘अहिले तुँवालाको समस्या काठमाडौैंमा मात्र होइन, दिल्ली, राजस्थानमा पनि छ,’ उनले भने, ‘वायुमण्डलको तल्लो तहमा रहेको हावा माथि जान नपाएपछि बादल बन्न सकेन, बादल नबन्दा पानी परेन ।’

उनका अनुसार वायुमण्डलको माथिल्लो तहमा उच्च चापका कारण तल्लो तहमा रहेको हावाले वायुमण्डलसँग स्पर्श गर्न पाएको छैन । ‘न्यूनचापीय प्रणाली विकास भएमा चारैतिरबाट आएको हावा माथि जान्छ । तर, उच्चचापीयमा माथिबाट हावा तल आयो । पानी नपरेपछि धुलोधुवाँ कायमै रह्यो । तुँवालो भयो,’ उनले भने । नयाँ पत्रिकामा खवर छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - ०८:४९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology