Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा इच्छाकामना गाउँपालिकामा बुझायो ज्ञापन पत्र

एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा इच्छाकामना गाउँपालिकामा बुझायो ज्ञापन पत्र

images

इच्छाकामना न्युज

१३, चैत्र २०७७
एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा इच्छाकामना गाउँपालिकामा बुझायो ज्ञापन पत्र
images

च्छाकामना,१३ चैत । एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामना गाउँ कार्य समितिले गाउँपालिकालाई शुक्रबार ज्ञापन पत्र बुुझाएको छ । बागमती प्रदेश अन्र्तगतका सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार गाउँपालिका शिक्षा शाखाका प्रमुख दुर्गादेवी खड्का र श्रोत व्यक्ति भविश्वर गुरुङलाई पत्र बुुझाईएको हो ।

  राष्ट्रिय १२ र स्थानीय ३ गरि विभिन्न १५ बुदेँ माग राखिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष इश्वर नेपालले जानकारी दिनुभयो ।ज्ञापन पत्रमा नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच गरिएका सम्झौता तुरुन्त लागू गर्नु पर्ने,उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्ने ,स्थायी शिक्षकहरुको अस्थायी अघिको गणना गरि निवृत्तभरणको व्यवस्था गर्नु पर्ने, लगायतका माग राखेका छन् । संगठनका पदाधिकारी तथा सदस्यहरु र संगठनमा आवद्ध सदस्यहरु गाउँपालिकाको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

साथै संगठनले स्थानीय स्तरमा भएका गतिविधिहरु सच्याउन तीन बुदेँ माग गरेका छन् । तीन बुदेँ मागमा माझ गाउँ माविको अनुदान कोटा शिक्षक मीनप्रसाद गौतमले प्रकृया पुरा गरि शिक्षक नियुक्ति लिई अध्यायपन गर्दागर्दै विनाकारण अवकास दिई निजको कोटामा पुन ः विज्ञापन गरि शिक्षकको हकहित विपरित कार्य भएकोले उक्त कार्य बन्द गरि पुर्नवाहली गर्न, इच्छाकामना गापा अन्तरगतका शैक्षिक मुद्वामा एअनेशि संगठनको उपस्थितिको ग्यारेन्टीको गर्न र प्रकृया पुरा भएका कुनै पनि शिक्षकहरुको घरपायक सरुवा नि :शर्त लागु गर्न माग गरेका छन् ।

मागहरु : 

164025322_739371000298999_8819405620524028755_n.jpg
१.नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच गरिएका ३० बुँदे सम्झौता तुरुन्त लागू गर ।
२.उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरी लागू गर ।
३. संघीय शिक्षा ऐन अविलम्व जारी गर ।
४. वालविकास शिक्षक र विद्यालय कर्मचारीहरुका माग अविलम्ब पूरा गर ।
५. राहत शिक्षक,साविक उच्च मा.वि.का शिक्षकहरुलाई दरबन्दिमा रुपान्तरण गरी आन्तरिक÷खुल्ला प्रतियोगिताबाट स्थायी गर्ने प्रक्रिया अगाडी बढाइयोस् ।
६. विभिन्न कारणबाट परिक्षा छुट भएका, करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा समावेश गर ।
७. स्थायी शिक्षकहरुका अस्थायी अवधिको गणना गरी निवृत्तिभरणको व्यवस्था गर ।
८. द्धन्द्धपिडित शिक्षकहरुका समस्या तत्काल समाधान गर ।
९. संवैधानिक शिक्षा आयोग गठन गर ।
१०. संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई नियुक्ति पत्र दिई तहगत तलव सुविधाको व्यवस्था गर ।
११.सामुदायिक विद्यालयहरुमा आवश्यक तहगत र विषयगत शिक्षक दरबन्दि थप गरि योग्यता पुगेका निजिश्रोत शिक्षकहरुलाई पदस्थापन गर ।
१२. सबै स्थानीय तहहरुमा शिक्षकका सबै पेशागत संस्थाहरुको प्रतिनिधित्व हुने गरी सामाजिक संवाद समिति गठन गरी शैक्षिक तथा पेशागत समस्याहरु सहमतिबाट समाधान गर्ने नीतिगत प्रबन्ध गर ।

 


इच्छाकामनाका गापा अन्तरगतका स्थानिय मागहरु
१,माझ गाउँ माविको अनुदान कोटा शिक्षक मीनप्रसाद गौतमले प्रकृया पुरा गरि शिक्षक नियुक्ति लिई अध्यायपन गर्दागर्दै विनाकारण अवकास दिई निजको कोटामा पुन :  विज्ञापन गरि शिक्षकको हकहित विपरित कार्य भएकोले उक्त कार्य बन्द गरि पुर्नवाहली गर्न जोडदार माग गर्दछ ।
२,इच्छाकामना गापा अन्तरगतका शैक्षिक मुद्वामा एअनेशि संगठनको उपस्थितिको ग्यारेन्टीको माग गर्दछ ।
३, प्रकृया पुरा भएका कुनै पनि शिक्षकहरुको घरपायक सरुवा नि : शर्त लागु गर्न माग गर्दछ ।

No description available.

images
प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - २१:३०:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology