Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भागरथी हत्या प्रकरण: अभियुक्त दिनेश भट्टको डिएनए भजाइनल स्वाबसँग मिल्यो 

भागरथी हत्या प्रकरण: अभियुक्त दिनेश भट्टको डिएनए भजाइनल स्वाबसँग मिल्यो 

सिआईएन

१२, चैत्र २०७७
भागरथी हत्या प्रकरण: अभियुक्त दिनेश भट्टको डिएनए भजाइनल स्वाबसँग मिल्यो 
images

बैतडी, १२ चैत । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भन्दै पुर्पक्षका लागि बाल सुधार गृहमा पठाइएका अभियुक्त दिनेश भट्टको डिएनए भागरथीको भजाइनल स्वासँग मेल खाएको छ ।

images
images

सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तमकुमार सुवेदीले  भागरथीको गुप्ताङ्गबाट लिइएको स्वाब र अभियुक्तको डिएनए मिलेको सीआईएनसँग बताउनुभयो ।

घटना लगत्तै प्रहरीले भागरथीको गुप्ताङ्ग अर्थात भजाइनल स्वाब सङ्कलन गरी काठमाडौंस्थित प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । फागुन ६ गते घटनामा संलग्न भन्दै पक्राउ गरिएका स्थानीय १७ वर्षीय किशोरको डीएनए नमूना पनि प्रहरीले काठमाडौं पठाएको थियो ।

केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, सामाखुसीले पठाएको सिलबन्दी रिपोर्ट जिल्ला प्रहरी कार्यालय वैतडीमा खोलिएको रआजै सरकारी वकिलमार्फत अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - २०:१३:०९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology