Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भारतबाट फर्कने नेपालीहरुमा कोरोना संक्रमण देखिने क्रम बढ्यो

भारतबाट फर्कने नेपालीहरुमा कोरोना संक्रमण देखिने क्रम बढ्यो

images

पत्रपत्रिका

१२, चैत्र २०७७
भारतबाट फर्कने नेपालीहरुमा कोरोना संक्रमण देखिने क्रम बढ्यो
images

काठमाडौं, १२ चैत । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् ।

स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले बताए ।

अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिर लागेका थिए । अहिले भारतमा पुनः पहिलेकै जस्तो अवस्था दोहोरिन थालेपछि उनीहरू धमाधम घर फर्कन थालेका हुन् । ‘उनीहरूसँगै कोरोना पनि भित्रिने डर भयो,’ विकले भने, ‘मंगलबार ६ जनामा पोजिटिभ देखियो, बुधबार ८ जना संक्रमित फेला परका छन् ।’

उनीहरूलाई होम क्वारन्टाइनमा बस्न भनिएको छ । हालसम्म कुनै लक्षण नदखिएको संक्रमितहरूले बताएको उनले सुनाए ।

घर फर्कनेको संख्या बढेपछि चैत पहिलो सातादेखि स्वास्थ्य कार्यालयले सीमामा हेल्थ डेस्क राखेर परीक्षणपछि मात्रै प्रवेश गर्न दिएको छ ।

‘बुधबार १ सय २८ जनाको परीक्षण गरका थियौं,’ स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले भने, ‘मंगलबार २ सय १७ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो ।’

यो नाका भएर स्वदेश फर्कनेको संख्या एक साताअघिसम्म दैनिक ५ सयको हाराहारी थियो । मंगलबारदेखि भने ह्वात्तै बढेको छ ।

सशस्त्र प्रहरी ३४ नम्बर गणका एसपी दीपेन्द्र कुँवरले बुधबार यो संख्या एक हजार नाघेको दाबी गरे ।

अहिले भारतको दिल्ली, मुम्बई, गुजरात, चेन्नईलगायत मुख्य सहरमा संक्रमण फेरि ब्यापक फैलिएको छ । ती सहरहरूमा धेरैको संख्यामा नेपालीहरू कार्यरत छन् । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - ०८:०२:१९ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology