Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन

छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन

images

इच्छाकामना न्युज

३०, कार्तिक २०८३
छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन
images

दमक। छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दमकस्थित रतुवा खोला किनारमा १०० जना प्रहरी परिचालन गरिने भएको छ । पूजा स्थलमा प्रहरी सहायता कक्ष स्थापना गर्नुका साथै ड्रोनमार्फत समेत निगरानी गरिने भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रमोद खड्काले छठ पर्वको सुरक्षाका लागि आवश्यक तयारी गरिएको जानकारी दिएका हुन् । उनका अनुसार भक्तजनको सुरक्षा र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन गरिनेछ ।

छठ पर्व नजिकिएसँगै रतुवा खोला किनारमा घाट निर्माण तथा पूजा स्थल व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ । दमक तथा आसपासका क्षेत्रबाट सयौँ परिवारले यहाँ छठ पूजा गर्ने तयारी गरेका छन् । यसैबिच, जिल्ला प्रशासन कार्यालय झापाले पनि जिल्लाभर छठ पर्वको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समन्वयात्मक रूपमा परिचालन गरिएको जनाएको छ । सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिने जनाइएको छ ।

रातभर सञ्चालन हुने पूजामा सहभागी व्रतालु तथा भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै चोरी, गरगहना लुटपाट, लैङ्गिक हिंसा तथा दुव्र्यवहारजस्ता अवाञ्छित गतिविधि नियन्त्रणमा विशेष सतर्कता अपनाइने प्रशासनले जनाएको छ ।

केही छठघाटमा तालिमप्राप्त कुकुर तथा ड्रोनको प्रयोग गरिने र भद्रपुरस्थित छठघाटमा सशस्त्र प्रहरीले स्वास्थ्य सहायता कक्षसमेत सञ्चालन गर्ने जनाएको छ। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका विपद् उद्धार टोली तयारी अवस्थामा रहनेछन्। प्रशासनले छठ पर्व मनाउँदा ध्वनि प्रदूषण नहुने गरी साउन्ड सिस्टम प्रयोग गर्न तथा सामाजिक सद्भाव र शिष्टता कायम राख्न पनि आग्रह गरेको छ।

 
 

images
प्रकाशित मिति :कार्तिक ३०, २०८३ आइतवार - १४:२४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology