Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

आन्दोलनले कसैको हित गर्दैन,संवाद नै समाधानको उत्तम विकल्प हो : सभामुख डोलप्रसाद अर्याल

आन्दोलनले कसैको हित गर्दैन,संवाद नै समाधानको उत्तम विकल्प हो : सभामुख डोलप्रसाद अर्याल

images

इच्छाकामना न्युज

३०, कार्तिक २०८३
आन्दोलनले कसैको हित गर्दैन,संवाद नै समाधानको उत्तम विकल्प हो : सभामुख  डोलप्रसाद अर्याल
images

मकवानपुर।प्रतिनिधिसभाका सभामुख सम्माननीय डोलप्रसाद (डीपी) अर्यालले आन्दोलनभन्दा संवाद, छलफल र सहकार्यमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ।

छठ पर्व मनाउन पर्सा जाने क्रममा मकवानपुरमा स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसँगको भेटघाट र छलफलका क्रममा सभामुख अर्यालले आन्दोलनबाट कुनै पनि पक्षको हित नहुने उल्लेख गर्दै संवाद र छलफल नै समस्याको दीर्घकालीन समाधानको प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले हालै भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा भएका विपद्का घटनाले मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यस्तो संवेदनशील परिस्थितिमा थप आन्दोलन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो।

सभामुख अर्यालले स्थानीय जनताको आवश्यकता, माग र भावनालाई सम्बोधन गर्ने गरी कानुन निर्माण गरिने बताउँदै त्यसका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गरिने स्पष्ट पार्नुभयो। स्थानीय जनप्रतिनिधि तथा नागरिकसँगको भेटघाट र छलफलपछि सभामुख अर्यालले हेटौंडास्थित सहिद स्मारकको अवलोकनसमेत गर्नुभएको थियो।

 
 

images
प्रकाशित मिति :कार्तिक ३०, २०८३ आइतवार - ११:३८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology