Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भारतमा कोरोनाको दोस्रो लहरसँगै नेपालमा पनि जोखिम  बढ्यो

भारतमा कोरोनाको दोस्रो लहरसँगै नेपालमा पनि जोखिम  बढ्यो

images

सिआईएन

११, चैत्र २०७७
भारतमा कोरोनाको दोस्रो लहरसँगै नेपालमा पनि जोखिम  बढ्यो
images

सीता शर्मा, काठमाडौं, ११ चैत । नेपालमा लकडाउनको घोषणा भएको एक वर्ष पूरा भएको छ । एक वर्ष अघि आजकै दिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । छिमेकी मुलुक भारतसहित विश्वभर कोरोना सङ्ेक्रमणको दर बढेसँगै सतर्कता अपनाउँदै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । 

एक सय २० दिन लामो लकडाउन साउ ६ गते अन्त्य भएको सरकारले घोाणा गरेको थियो । सबैक्षेत्र खुलेपनि घट्दै गएको कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढेको छ । हाल खोप कार्यक्रम सञ्चालन भएपछिको अवस्थामा पनि नेपालमा कोरोना सङ्क्रमित बढेका छन् ।

छिमेकी मुलुक भारतमा सङ्क्रमित बढ्न थालेपछी नेपालमा पनि त्यसको असर देखिन थालेको छ । कारोना विरुद्ध स्वास्थ्यका मापदण्ड पालना भएको छैन भने सीमा नाकामा कडाई छैन । जसका कारण कोरोनाको सङ्क्रमण झन् बढ्ने जोखिम देखिएको छ ।

केहि हप्ता अगााडी सम्म सेती प्रादेशीक अस्पताल धनगढीमा कोरोना परिक्षण गर्न आउनेको सङ्ख्या शुन्य नै भएको थियो । तर अहिले परिक्षणका लागि दैनिक ३० जना सम्मआउने गरेका छन् । हिजो मात्र सेती प्रादेशीक अस्पतालको आइसियु कक्षमा ३ जना सङ्क्रमित भर्ना भएका छन् ।

उनीहरु तिनै जना भारतबाट आएकोसेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौमा पनि कोरोनाका विरामी बढ्न थालेका छन् । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले सङ्क्रमण घटेपछि आकस्मीक कक्षमा सरदर ६ जना बिरामी उपचारमा हुने गरेकोमा अहिले यो सङ्ख्या बढ्न थालेको जानकारी दिनुभयो ।

भारतमा कोरोना सङ्क्रमण बढ्न थालेपछी कतिपय प्रदेशमा फेरी लकडाउन गरिएको छ । सरकारले १६ वटा मुख्य नाकामा हेल्थ डेक्स राखेर नेपाल भित्रनेलाई जाँच गरेको भनेपनि कडाइ छैन । नाकाबाट सरदर ३ देखि ५ सय मानिसहरु नेपाल भित्रिरहेका छन् । खुल्ला सीमाका कारण हुने आवतजावतले नेपालमा पनि सङ्क्रमण बढ्ने जोखिम बढेको जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीको भनाइ छ ।

२ दिन यता नेपालमा कोरोनाका सङ्क्रमित लगातार बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार ९ दिन अघि ३ हजार ३ सय ११ जनामा पिसिआर परीक्षण गर्दा ७९ जनामा कोरोना देखिएको थियो । हिजो ४ हजार ३२ जनामा गरिएको परिक्षणमा १ सय ८८ जनामा सङ्क्रमण देखिएको छ ।

नेपालमा हाल सम्म २ लाख ७६ हजार २ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस मध्ये २ लाख ७२ हजार ९७ जना स्वस्थ भइसकेका छन् । कोरोनाका कारण हालसम्म नेपालमा ३ हजार १९ जनाको मृत्यु भइसकेको छ । 

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - ०९:००:३३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology