Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

गजुरमुखी निर्माण सेवाका कारण पुर्व पश्चीम लोकमार्ग र पुल जिर्ण बन्दै, नदी दोहनमा सरोकारवाला निकायको कमिसन मोह

गजुरमुखी निर्माण सेवाका कारण पुर्व पश्चीम लोकमार्ग र पुल जिर्ण बन्दै, नदी दोहनमा सरोकारवाला निकायको कमिसन मोह

रमेश अधिकारी( रितिक)

१०, चैत्र २०७७
गजुरमुखी निर्माण सेवाका कारण पुर्व पश्चीम लोकमार्ग र पुल जिर्ण बन्दै, नदी दोहनमा सरोकारवाला निकायको कमिसन मोह

सर्लाही, १० चैत । राष्ट्रिय गौरबको आयोजना पुर्व पश्चीम रेल मार्गको निर्माणको काम गरिरहेको गजुरमुखी निर्माण सेवा प्रालीले नदी दोहन गर्दा पुर्व पश्चीम लोकमार्ग दिनप्रतिदिन जिर्ण बन्दै गएको छ ।

images

नदी दोहन गरि १८/२० टिपरमा दैनिक ८/१० टिपका दरले नदीजन्य पदार्थ गिटी, बालुवा ओसार पसार गर्दा पुर्व पश्चीम लोकमार्ग दिनप्रतिदिन जिर्ण अवस्थामा पुगेको हो । नदीजन्य पदार्थ निकासी गरी पानी चुहाउँदै पुर्व पश्चीम लोकमार्गमा निस्कने टिपरका कारण लोकमार्गको छेयबाट भत्किन सुरुगरि सकेको छ भने पुल मुनीको बाटो प्रयोग गर्दा पुल पनि दिनप्रतिदिन जिर्ण बन्दै गएको पुल विभागले जनाएको छ ।

160293867_3898894700177305_8198869128643639845_n.jpg

राष्ट्रिय गौरबको आयोजना पुर्व पश्चीम रेल मार्गको ट्याक निर्माण गर्न भन्दै गजुरमुखीले सर्लाहीले लखनदेही खोला लालबन्दी नगरपालिकासंग ठेक्का लिएको छ । वातावरणिय मुल्यांकन प्रतिवेदन विपरित उत्खनन् गरि रहेको गजुरमुखीले केही कर्माचारीहरु र गाँउका अराजक युवाहरुलाई कमिसन दिएर भएपनि आफ्नो कामलाई निरन्तरता दिई रहेको छ ।

“गजुरमुखीले वातावरणिय मुल्यांकन प्रतिवेदन र नगरपालिकासंगको सम्झौता अनुसार काम नगरेको भन्दै नगरपालिकाले पत्राचार गरेको भएपनि त्यसलाई वेवास्था गर्दै नदी दोहनलाई निरन्तरता दिई रहेको छ । जसका कारण पुर्व पश्चीम लोकमार्गको सडक र पुलहरुको अवस्था दयनिय बन्दै गएको छ भने बर्षाको समयमा नदी सिधैँ गाउँमा पस्ने त्रास पनि बढेको ” स्थानिय सागर कार्कीले बताउनु भयो । 

सर्लाहीमा वषौँ देखि गैर कानुनी तरिकाबाट नदी दोहन हुँदा उक्त स्थानमा स्थानिय बालबालिका डुबेर मृत्यु समेत भएको घटनालाई स्मरण गराउँदै स्थानियबासीले विरोध गरेपनि  ठेकेदार कम्पनीले दादागिरी शैलीमा नदी दोहन गरिरहेको छ । केही स्थानिय निकायका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुलाई आर्थिक प्रलोभनमा पारेर उसले नदी दोहनलाई निरन्तरता दिएको निर्माण व्यावसायी तथा स्थानिय चिरन्जीवि शर्माले बताउनु भयो ।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण  कार्यक्रम चलि रहेको चूरे क्षेत्रको संरक्षण गर्नुको सट्टा स्थानिय सरकारले आर्थिक प्रलोभनमा परेर बढी कमिसन दिने ठेकेदार कम्पनीलाइृ ठेक्का दिने र मनोमानी नदी दोहन हुने हो । चूरे क्षेत्रको संरक्षणमा स्थानीय जनताको सहभागिता र तीनै तहका सरकारको समन्वय आवश्यक रहेको सरोकारवालाले बताइ रहेको समयमा स्थानिय सरकारले भने चुरेदोहनलाई आफ्नो प्याओको रुपमा प्रयोग गरिरहेका छन् ।

‘चूरेको माटो चूरेलाई, सफा पानी सबैलाई’ भन्ने मूल नाराका साथ राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको गठन भएको र चुरे संरक्षणमा सबैले ध्यान पुर्याउनु पर्नेमा सरोकारवाला निकाय स्थानिय सरकार आफैँ कमिसनमा डुबेर चुरे मास्नमा उद्धत रहेको पाइएको हो । देशलाई मरुभूमिकरणबाट जोगाउन चूरेको संरक्षण जरुरी रहेको बताएइको भएपनि सरोकारवाला निकायको भने ध्यान अन्यन्त्र केन्द्रीत रहेको देखिन्छ ।

images
प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - २३:१३:४३ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology