Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जिल्ला प्रशासन कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा शहिद लखन बुंकोटका विष्णु क्षेत्री पक्राउ

जिल्ला प्रशासन कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा शहिद लखन बुंकोटका विष्णु क्षेत्री पक्राउ

इच्छाकामना न्युज

१०, चैत्र २०७७
जिल्ला प्रशासन कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा शहिद लखन बुंकोटका विष्णु क्षेत्री पक्राउ
images

गोरखा, १० चैत । जिल्ला प्रशासन कार्यालय गोरखामा सेवा लिन आउने सेवाग्राही र सरकारी कर्मचारी बिच बिचौलियाको काम गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङकोटका विष्णु पन्त (क्षेत्री) रहको प्रहरीले जनाएको छ ।

images
images

सेवाग्राहीलाई काम छिटो गराईदिने बाहानामा सेवाग्राहीसंग पैसा लिने गरेको भन्ने सूचनाको आरोपमा कार्यालय परिसरमा खटिएको प्रहरीको टोलीले पन्तलाई पक्राउ गरेको छ । शंका लागेर सोधपुछ गर्दा उल्टै प्रहरीसंग बादबिबाद गरेपछि पन्तलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

पक्राउ परेको पन्तले सार्वजानिक मुद्धामा धरौटी राखेका एक व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पाउनु पर्ने रकम छिटो फिर्ता गराइदिन्छु भन्दै पन्तले सेवाग्राहीबाट चेक मार्फत पैसा लिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका पन्त विरुद्ध ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

images
प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - २३:०५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology