भरतपुर । राइनो क्लबको आयोजनामा शनिबार ५ किलोमिटर दूरीको राइनो दौड प्रतियोगिता सम्पन्न भएको छ। गैंडाकोटस्थित जयश्री पुलबाट सुरु भएको दौड नारायणगढको लीलाचोकमा पुगेर सम्पन्न भएको थियो।
यसैगरी ५० वर्षमाथिको भेट्रान्स विधातर्फ ५१ वर्षीय यानबहादुर बिष्टले २२ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेका छन्। प्रतियोगितामा पुरुष तथा महिला दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था रहेको छ। स्वास्थ्य प्रति जागरूकता अभिवृद्धि, दौड संस्कृतिको विकास तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक महेश प्रधानले बताउनु भयो।