Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत किसन घर्ती अस्पतालबाटै बेपत्ता

पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत किसन घर्ती अस्पतालबाटै बेपत्ता

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८३
पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत किसन घर्ती अस्पतालबाटै बेपत्ता
images

पोखरा। पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत किसन घर्ती अस्पतालबाटै बेपत्ता भएका छन् । बरेङ गाउँपालिका १ स्थित कोपल्दिप स्थायी घर भएका घर्ती उपचारको क्रममा कात्तिक १२ गते राति करिब १ बजे अस्पतालबाट बाहिरीएका बताइएको छ ।

उनका आफन्तका अनुसार उपचारको क्रममा रहेका घर्ती कुरुवा सुतिरहेको अवस्थामा एक्कासि अस्पतालबाट बाहिरीएका थिए । त्यसयता उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् । घर्ती बेपत्ता भएपछि परिवार तथा आफन्तले उनको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेका छन् ।

उनलाई कसैले कहीँकतै देखेमा वा भेटेमा नजिकैको प्रहरी चौकीमा जानकारी गराउन वा ९८४९८२६५३९ नम्बरमा तत्काल सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ । परिवारले उनको सुरक्षित खोजी तथा घर फर्काउन सबैको सहयोगको अपेक्षा गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १५, २०८३ शनिवार - १४:०३:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology