चितवन, ९ चैत । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मौसम बदली भई वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाले आज बिहान सूचना जारी गर्दै देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको बताएको हो ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा हुने सम्भावना रहेको छ।यस्तै राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ सहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।