Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अनौपचारिक शिक्षामा लागेपछि शिक्षित बन्दै नवलपरासीका महिला 

अनौपचारिक शिक्षामा लागेपछि शिक्षित बन्दै नवलपरासीका महिला 

images

सिआईएन

९, चैत्र २०७७
अनौपचारिक शिक्षामा लागेपछि शिक्षित बन्दै नवलपरासीका महिला 
images

पवित्रा पराजुली, नवलपरासी, ९ फागुन । नवलपरासीका प्रौढ महिलाहरु अनौपचारिक शिक्षामा लागेपछि अक्षर चिन्ने भएका छन् । नवलपरासी गैँडाकोटका महिलाहरु अक्षर सिक्न थालेपछि खुशी भएका हुन् ।

गैँडाकोट ४ का गीता वाग्लेप्रौढ शिक्षामा लागेपछि अहिले अंग्रेजी र नेपाली दुबै अक्षरहरु चिन्न र बोल्न सक्ने हुनुभएको छ । मौलाकाली सामुदायिक सिकाइ केन्द्रमा अनौपचारिक कक्षा लिन पाएपछि उहाँ खुशी हुनुका साथै नातिनातिनालाई पनि पढाउन सक्नुहुन्छ ।

सिकाइ केन्द्रमा पढ्नमा व्यस्त ५८ वर्षका उमा केसी सानै देखिको रहर पूरा भएकोमा दङ्ग हुनुहुन्छ । छोरीले पढ्न हुँदैन भन्ने बुबा र त्यतिबेलाको समाजको सोंचका कारण उहाँको पढ्ने रहर अधुरै थियो । अधुरो रहर बुढेसकाल लागेपछि पूरा भएको छ । गैँडाकोट ४ मा रहेको मौलाकालिका सामुदायिक सिकाइ केन्द्रमा ४१ जना महिलाहरु पढ्छन् ।

उनिहरु बिहानै घरको काम सक्छन् । ११ देखि ३ बजेसम्म कक्षा कोठामा बसेर विद्यार्थीले झैं पढ्छन् । पढ्न थालेपछि सामान्य हिसाब किताबका लागि अरुलाई गुहार्नुपर्ने बाध्यता हटेको गैँडाकोट ४ का ५५ वर्षका मानकुमारी लौडारीले भनाई छ । प्रौढ उमेरका दिदी बहिनीलाई पढाउन पाउँदा शिक्षक याममाया पुलामी मगर पनि निकै खुशी देखिनुहुन्छ ।

वि.सं. २०६८ सालदेखि गैँडाकोटमा अनौपचारिक शिक्षा कार्यक्रमको थालनी भएको थियो । पछिल्लो तीन वर्ष यता करिब ६ सय जनाले अनौपचारिक शिक्षा हासिल गरिसकेका छन् । सामान्य लेखपढ् गर्नसक्ने भएपछि पाका उमेरका महिलामा आत्मविश्वास मात्रै बढेको छैन, समाजले गर्ने व्यवहार पनि फेरिएको छ । 

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - ०९:४४:०८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology