Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भारतमा कोरोना सङ्क्रमणको दर बढेपछि नेपालमा सतर्कताः भिडभाड हुने गतिविधिमा रोक 

भारतमा कोरोना सङ्क्रमणको दर बढेपछि नेपालमा सतर्कताः भिडभाड हुने गतिविधिमा रोक 

images

इच्छाकामना न्युज

९, चैत्र २०७७
भारतमा कोरोना सङ्क्रमणको दर बढेपछि नेपालमा सतर्कताः भिडभाड हुने गतिविधिमा रोक 
images

काठमाण्डौ, ९ चैत । सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी भिडभाड हुने गतिविधिमा रोक लगाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पछिल्लो समय छिमेकी मुलुकसहित विश्वका विभिन्न देशहरुमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकोले नेपालमा पनि सतर्कता अपनाउन भन्दै भिडभाड हुने गतिविधिमा रोक लगाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतसहित विश्वका विभन्न मुलुकमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको र नेपालमा पनि कोरोना संक्रमणको दर बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायतका काममा रोक लगाइएको बताउनुभयो ।

उहाँले भौतिक दुरी कायम गर्न, स्यानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै सरकारले यसअघि तोकेका जनस्वास्थ्यका मापदण्ड कडाईंका साथ पालना गर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

नेपालमा पनि पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएको र भारतसँगको खुला सीमानाका कारण जोखिम उच्च हुने भएकाले हाललाई भिडभाडयुक्त गतिविधि नगर्न नगराउन भनिएको पनि डा. गौतमले उल्लेख गर्नुभयो ।

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - ०९:१८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology