Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

कांग्रेस सभापतिको सपथ लिदैँ गगन थापा, पदभार सम्हाल्दै

कांग्रेस सभापतिको सपथ लिदैँ गगन थापा, पदभार सम्हाल्दै

images

इच्छाकामना न्युज

१, कार्तिक २०८३
कांग्रेस सभापतिको सपथ लिदैँ गगन थापा,  पदभार सम्हाल्दै
images
काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ। शपथसँगै उहाँले पदबहालीसमेत गर्नुभएकाे छ।

हालै सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित हुनुभएकाे थियाे।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार शपथग्रहण तथा पदबहाली समारोहमा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको थियो।

केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण भने दसैँपछि हुने कांग्रेसले जनाएको छ। महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ।

images
प्रकाशित मिति :कार्तिक १, २०८३ शनिवार - १५:०९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology