काठमाण्डौ, ९ चैत । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि बिग्रिएको नेपालको राजनितिक वातारण अझै सुधारिन सकेको छैन । ३ महिना भन्दा बढि समय भैसक्दा पनि राजनितिक दलहरु बीचमा देखिएको आपसी दूरी घट्न सकेको छैन ।
यसबीचमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरिदिनुका साथै माओवादी केन्द्र र एमालेलाइ पुर्ववत अवस्थामा फकाईदिएको छ । यसपछि राजनितिक दलहरुबीचको सम्बन्ध थप जटिलतामा पुगेको छ ।
एमाले आफु नेतृत्वको सरकार सकेसम्म लम्व्याउने रणनितिमा रहेको छ भने माओवादी केन्द्र ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकारमा जान चाहन्छ । तर, सरकार बनाउन काँग्रेसको साथ आवश्यक रहेकाले एमाले र माओवादी केन्द्र मात्रै होइन, जनता समाजवादी पनि काँग्रेसको साथमा सरकारमा जाने चाहनामा देखिएको छ ।
राजनितिक विश्लेषकहरु तत्कालको अवस्थामा राजनिति सहज बाटोमा नहिड्ने विश्लेषण गर्छन् । राजनितिमा देखिएको यो अफ्ठेरोले संवैधानिक रुपमा पनि जटिलता आउन सक्ने संबिधानविदहरु बताउँछन् ।
सीआईएनसँग कुराकानी गर्दै संविधानविद डा. चन्द्रकान्त ज्ञवाली जतिसक्दो छिटो सर्वदलिय सरकार बनाउनपर्ने बताउनुहुन्छ । संसद बिघटन भएदेखि नै काम चलाउ बनेको बताउँदै उहाँले सरकार ,संसद पुर्नस्थापना भएको ३५ दिन भित्रमा पुर्नगठन भइसक्नुपर्ने बताउनुभयो ।