Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

असारभित्र राष्ट्रिय प्रसारण लाईन कालिकोटमा पुग्ने 

असारभित्र राष्ट्रिय प्रसारण लाईन कालिकोटमा पुग्ने 

सिआईएन

८, चैत्र २०७७
असारभित्र राष्ट्रिय प्रसारण लाईन कालिकोटमा पुग्ने 
images

हस्त चौलागाँई, कालिकोट, ८ चैत । कालिकोटको एकमात्र  पोतमारा जलविद्युत आयोजना विगत लामो समयदेखि अलपत्र अवस्थामा छ । वर्खाको समयमा आउने पानीका कारण गएको पहिरोले पावर हाउसको नहर भत्काउदा र विद्युत हाउसका केही मेसिनहरुमा खरावी आउँदा कालिकोटको विद्युत लाईन बन्द भएको थियो ।

images
images

बन्द पछी जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, खाँडाचक्र नगरपालिकाका केही वडाहरुमा विद्युतको समस्या देखिएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा बस्न बाद्य भएका छन् । पोतमारा जलविद्युत कहिले बन्ने हो यस्को एकिन भने छैन ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जनता भेटघाटका लागि कालिकोट आउँदा अवको ३ महिना भित्र पोतमारा जलविद्युत आयोजना संचालनमा आउने बताउनुभएको छ । मुख्यमन्त्री शाहीले भने पहिरो गएको ठाउँमा सिमेन्ट वाल लगाउन समय लाग्ने भएकाले तत्काल कर्णाली प्रदेश सरकारबाट ३० लाख रुपैया विनियोजन गरी पाइपबाट पानी ल्याएर विद्युत संचालन गर्ने बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण कालिकोटका प्रमुख मेघराज जोशीका अनुसार पावर हाउसमा काम भइरहेको छ ।  कर्णाली प्रदेश सकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले असार भित्र राष्ट्रिय प्रसारण लाईन कालिकोट पुगाउनका लागि पहल भइरहेको पनि बताउनुभयो ।  

राष्ट्रिय प्रसारण लाईन विस्तारको काम भइरहेकाले कालिकोटबासीले अन्धकारमा बस्नु पर्ने दिन दुर हुदै गएको पनी उहाँको भनाइ छ । कालिकोटका ९ वटा स्थानीय तहमा संचालित विद्युत आयोजनाहरुको एकिकरण गरी मुख्य लाईन एउटा मात्र बनाउने पनी मुख्यमन्त्री शाहीको भनाई छ । 

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १८:५५:५४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology