काठमाडौं। बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १०० रुपैयाँ घटेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँ घटेको छ। मंगलबार प्रतितोला चार हजार ३५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।