Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना विरुद्ध जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुने क्रम बढ्यो, सावधानी अपनाउन विज्ञहरुको सुझाव 

कोरोना विरुद्ध जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुने क्रम बढ्यो, सावधानी अपनाउन विज्ञहरुको सुझाव 

images

सिआईएन

८, चैत्र २०७७
कोरोना विरुद्ध जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुने क्रम बढ्यो, सावधानी अपनाउन विज्ञहरुको सुझाव 
images

काठमाण्डौ, ८ चैत नेपालमा पछिल्लो पटक कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुन थालेको छ । सबै क्षेत्र तथा स्थानहरुमा भिडभाड बढेको छ भने मानिसहरुले मास्क लगाउने, दुरी कायम गर्ने तथा सरसफाइ गर्ने जस्ता काम बिर्सन थालेका छन् । 

जसले गर्दा नेपालमा कोरोनाको दोस्रो लहर देखिन सक्ने भन्दै चिन्ता सुरु भएको छ । भारत सहित अन्य देशहरुमा कोरोना सङ्क्रमण फेरि बढेकाले नेपालमा पनि यसको लहर फैलने खतरा रहेको छ । 

त्यसैले खोप लगाएका वा नलगाएका सबैले अनिवार्य रुपमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबुन पानी वा स्यानीटाइजरले बारम्बार हाल सफा गर्ने बानी गर्न जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । 

सीआईएनसँग कुरा गर्दै जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीले पछिल्लो समय भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै जादा नेपालमा भने कुनै सावधानी नपनाइएको र त्यसले आगामी दिनमा जोखिम बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । 

उहाँले भारतसँगको खुला सीमानाका कारण मानिसहरु सजिलै ओहोरदोहोर गर्ने र नेपालमा कोरोनाको जोखिम सुरुको जस्तै बढ्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गर्नुभयो । 

डा. सुवेदीले कोरोनाको विश्वका विभिन्न मुलुकमा कोरोना विरुद्धको खोप अभियान जारी रहेपनि सङ्क्रमणको दर नरोकिएको हुँदा खोप लगाइसकेका व्यक्तिहरुले पनि ढुक्कसँग हिँड्ने गरेको देखिएकाले त्यस्तो लापरबाही नगर्न पनि सेचत गराउनुभयो ।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १०:४५:३५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology