Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

धादिङ बेनीघाट रोराङले दियो वडास्तरको प्रशिक्षकलाई आधारभुत खेलकुद प्रशिक्षण

धादिङ बेनीघाट रोराङले दियो वडास्तरको प्रशिक्षकलाई आधारभुत खेलकुद प्रशिक्षण

images

इच्छाकामना न्युज

७, चैत्र २०७७
धादिङ बेनीघाट रोराङले दियो वडास्तरको प्रशिक्षकलाई आधारभुत खेलकुद प्रशिक्षण
images

धादिङ, ७ चैत । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले खेलकुद शिक्षकहरु र वडास्तरीय खेलकुद विकास समितिका संयोजकहरुलाई तीनदिने आधारभुत खेलकुद प्रशिक्षण दिएको छ ।

चैत्र ५ गते देखि सुरुभएको तीन सम्म चलेको उक्त तालिममा राष्ट्रिय खेलकुद परिषदका खेल प्रशिक्षक जगत टमाटा, लक्ष्मण मल्ल, देबराज घलान, दिपेश कडेल, सन्दिप थापा, सुमन रावलले सहजिकरण गर्नु भएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बोधराज पाठकले जानकारी दिनु भयो ।

तालिम समापन गर्दै गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले क्रिकेट प्मुख प्रशिक्षक जगत टमाटाले समेत बेनीघाट रोराङमा आएर खेलकुद प्रशिक्षण् दिनु भएको मा आभार व्यक्त गर्नु भएको थियो ।

बेनीघाट रोराङले खेलकुदका पुर्वधार विकास सँगै खेल प्रशिक्षक र खेलाडी प्रत्सोहानका कार्यक्रमहरुलाई प्रथामिकतामा राखेको र यो तालिमले खेलकुद विकासमा ठुलो योगदान पुग्ने आशा गरेको समेत प्रमुख अतिथि डल्लाकोटीले बताउनु भएको थियो ।

तालिमलाई क्रिकेट विधामा जगत टमाटा, फुटबल विधामा सुमन रावल, ड्ड खेलकुदको महत्व तथा शारीरिक व्यायम विधामा लक्ष्मण मल्ल, भलिबल विधामा सन्दिप थापामगर, एथ्लेटिक्स र टाईशिट वा फिक्सर तर्फ देवराज घलानले सहजिकरण गरेका थिए ।

images
प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - १९:०३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology