Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

ओली पक्ष संग नेपाल–खनाल पक्षको पाँच बुँदे असहमति पत्र, गुटगत भेलामा जानेलाइ कारबाही गर्ने ओली पक्षको निर्णय

ओली पक्ष संग नेपाल–खनाल पक्षको पाँच बुँदे असहमति पत्र, गुटगत भेलामा जानेलाइ कारबाही गर्ने ओली पक्षको निर्णय

images

इच्छाकामना न्युज

७, चैत्र २०७७
ओली पक्ष संग नेपाल–खनाल पक्षको पाँच बुँदे असहमति पत्र, गुटगत भेलामा जानेलाइ कारबाही गर्ने ओली पक्षको निर्णय
images

काठमाण्डौ, ६ फागुन । नेकपा एमालेको माधब नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पाँच बुँदे असहमति पत्र बुझाएको छ । असहमति पत्रमा ३८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

पार्टी संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गर्न नहुने, पार्टीको बैठक नवौं महाधिवेशनले पारित गरेको विधान विपरीत आयोजना गर्न नहुने, विधान विपरीत नै संसदीय दलको बोर्ड गठन र संसदीय दलको बैठक राख्न नहुने लगायत बुँदाहरू असहमति पत्रमा समावेश गरिएको छ ।

पार्टी अध्यक्ष ओलीलाई असहमतिको पत्र बुझाउन सांसद जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे र यज्ञराज सुनुवार बालुवाटार पुगेका थिए । सांसद सुनुवारले सर्वोच्च अदालतले फागुन २३ गते फैसला मार्फत् नेकपा एमालेलाई पुनर्जीवन दिएकोले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठक बसाएर पार्टीको काम कारबाही अगाडि बढाउनुपर्ने बारेमा पनि कुरा भएको बताउनुभयो ।

तर आज बालुवाटारमा बसेको संसदीय दलको बैठकले  नेपाल–खनालपक्षको गुटगत भेलामा सहभागी भएका सांसदहरूलाई पार्टीको संसदीय बोर्ड मार्फत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलको निर्देशन, संसदीय दलको विधान र कानुन विपरीत गुटको भेलामा सहभागी भएका सबै सांसदहरूलाई स्पष्टीकरण सोध्ने आज बसेको दलको बैठकले निर्णय गरेको हो ।

यस्तै बैठकले एमालेको विधान, २०७२ संशोधनसहित पारित भएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र डा. विमला राई पौडेल रहेको समितिले तयार गरेको विधान संशोधनको मस्यौदा आज बसेको संसदीय दलको बैठकले पारित गरेको हो ।

आजको बैठकमा पार्टी उपाध्यक्ष बामदेब गौतम भने सहभागि हुनुभएको छ ।  एमाले एकता अभियान सञ्चालन गरेका पार्टी उपाध्यक्ष गौतमले राजनीतिकसँगै पार्टी विधानबारे पनि मन्तव्य राख्नुभएको थियो । 

images
प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - १७:५८:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology