काठमाण्डौं, ७ चैत्र । नेपाल दक्षिण एसियाकै खुसी मुलुक घोषित भएको छ । राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको सन् २०२१ को खुसी देशहरुको सूचिमा नेपाल ८७औँ स्थानमा परेको छ।
राष्ट्रसंघले कोरोना भाइरस महामारीपछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर विश्वका १ सय ४९ देशलाई सूचिकृत गरेको हो ।
नेपालले ५.२६९ अंक प्राप्त गरेको छ । कुल ग्राहस्थ उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई सूचक मानिएको थियो ।