Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बाढीपछि नेपालमा अस्ट्रेलियाका ५० विज्ञ तथा सुरक्षाकर्मी परिचालित

बाढीपछि नेपालमा अस्ट्रेलियाका ५० विज्ञ तथा सुरक्षाकर्मी परिचालित

एजेन्सी

२३, भाद्र २०८३
बाढीपछि नेपालमा अस्ट्रेलियाका ५० विज्ञ तथा सुरक्षाकर्मी परिचालित
images
काठमाण्डौ । विपद्‌पछि नेपालमा खोज, उद्धार र राहत कार्यका लागि अस्ट्रेलियन सरकारले झन्डै ५० जना विज्ञ तथा सुरक्षाकर्मीलाई परिचालन गरेको छ । जसमा १५ सदस्यीय ‘आपत्‌कालीन सहायता प्रतिक्रिया टोली’ समावेश छ ।
 
त्यस्तै, न्यु साउथ वेल्स र क्विन्सल्यान्डका अग्नि नियन्त्रक विभागबाट आएका ड्रोन अपरेटरहरूले कठिन भूभागमा छिटो नक्सांकन र खोजबिनका लागि आधुनिक प्रविधि प्रयोग गरिरहेका छन् । साथै, अस्ट्रेलियन संघीय प्रहरीका वि पद् पीडित पहिचान विशेषज्ञहरू पनि परिचालन भएका छन् । विदेश मामिला तथा व्यापार विभागका अधिकारी तथा सर्भिसेज अस्ट्रेलियाका सामाजिक कार्यकर्ताहरू काठमाडौं आइपुगेका छन् । भोटेकोशी बाढीमा परी ३६ जना अस्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका छन् ।
 
सोमबार अस्ट्रेलियाको सिनेटलाई सम्बोधन गर्दै अस्ट्रेलिया सरकारका प्रतिनिधिले नेपाल, चीन र भारतका अधिकारीसँगको उच्च समन्वयमा सम्पर्कविहीन नागरिकहरूको खोजी तीव्र पारिएको जानकारी दिएका छन् । बाढीले बस्ती, सडक तथा पुलहरूमा पुर्याएको क्षति अत्यन्तै गम्भीर रहेको र यसले बेपत्ता परिवारमा गहिरो चिन्ता थपेको सरकारको भनाइ छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०८३ मंगलवार - ०९:४१:१५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology