काठमाण्डौ, ६ फागुन । प्रधानमन्त्री केपी शर्माओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा अब राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुहुने छ ।
पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो पुष्पकमल दाहाल प्रचण्ड तथा माधब नेपाल पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिनुभएको थियो । उहाँ निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गर्नुभएको थियो । यसअघि अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।
बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय सचिव पनि हुनुहुन्छ ।