Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भान्सामा खाना पकाउँदै गर्दा उर्लियो बाढी!

भान्सामा खाना पकाउँदै गर्दा उर्लियो बाढी!

रासस

१७, भाद्र २०८३
भान्सामा खाना पकाउँदै गर्दा उर्लियो बाढी!
images

काठमाडौँ। गत भदौ १० गते बुधबार बिहान छोराछोरीलाई स्कुल पठाउने चटारो थियो महिलालाई । “भान्सामा खाना पकाउनै व्यस्त थिए, उनीहरू । भोटेकोशी बाढी उर्लिएर आएको मेसै पाएनछन् । अन्ततः उनीहरू घरभित्रैबाट बिलाए ।”भोटेकोशी बाढीपीडित अवलोकनमा पुगेका महिला पुनस्र्थापना केन्द्र (ओरेक)का कार्यक्रम संयोजक सुलोचना खनालले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “कतिले त फोन उठाउन नै पनि पाएनछन् ।”

images
images

मङ्गबार बाढीपीडित क्षेत्रमा पुगेका महिलावादी संस्थाले नुवकोट, त्रिशूली, बेत्रावतीलगायतका स्थानमा पुगी होल्डिङ सेन्टरमा रहेका महिला र किशोरकिशोरीलाई आन्तरिक पहिरनका सामग्री उपलब्ध गराएका छन् । यतिखेर महिला पुनस्र्थापना केन्द्र (ओरेक)मात्र होइन, तरङ्गिनी फाउन्डेसन, लुम नेपाललगायतका संस्था पनि त्यहाँ पुगेका छन् । ओरेकका कार्यक्रम संयोजक सुलोचन खनालले बाढी पीडितका क्षेत्रमा महिला, बालबालिका र सुत्केरीको स्थिति जटिल रहेको बताउनुभयो ।

संयुक्त राष्ट्र महिला(युएन युमेन)ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार लगभग एक लाख ६० हजार महिला र बालबालिकालाई भोटेकोशी बाढीले प्रभावित गरेको उल्लेख छ । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, नुवाकोटबाट प्राप्त विवरणअनुसार आश्रममा रहेका ३४ ज्येष्ठ नागरिकमध्ये २४ जनाको उद्धार गरिएको छ ।

हालसम्म पाँच जना बेपत्ता रहेको, एक जनाको मृत्यु भएको, घाइते स्वास्थ्य समस्या भएका ज्येष्ठ नागरिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी, सात जनालाई आफन्तको जिम्मामा पठाइएको छ । १४ जना उद्धार गरिएका ज्येष्ठ नागरिकलाई नुवाकोटको आयुर्वेद भवनमा राखिएको छ । नुवाकोटमा अलपत्र परेका करिब ४० विद्यार्थीको उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको छ । अभिभावकबाट अलग भएका केटाकेटीको सुरक्षित संरक्षण, हेरचाह तथा उचित व्यवस्थापन गरिँदै आएको महिलामन्त्री सिता बादीले बताउनुभयो । रासस

images
प्रकाशित मिति :भाद्र १७, २०८३ बुधवार - १४:४२:०१ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology