Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आर्या फार्माल्यावद्वारा बाढी तथा विपद् प्रभावित नागरिकका लागि ८२ लाख बराबरको औषधि सहयोग

आर्या फार्माल्यावद्वारा बाढी तथा विपद् प्रभावित नागरिकका लागि ८२ लाख बराबरको औषधि सहयोग

इच्छाकामना न्युज

१४, भाद्र २०८३
आर्या फार्माल्यावद्वारा बाढी तथा विपद् प्रभावित नागरिकका लागि ८२ लाख बराबरको औषधि सहयोग
images

काठमाडौं । हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले आर्या फार्माल्यावले नेपाल सरकारलाई आवश्यक औषधिहरू सहयोगस्वरूप उपलब्ध गराएको छ ।

images
images

आर्या फार्माल्यावले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकहरूका लागि आवश्यक स्वास्थ्य उपचार सम्बन्धी ८२ लाख ५१ हजार ७ सय ५० मूल्य वरावरको औषधिहरु उपलब्ध गराएको छ । साथै, प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक रहेको खण्डमा कंम्पनीले उपचारमा आवश्यक उपकरण तथा औषधिहरू सहयोग स्वरुप उपलव्ध गराउने प्रतिवध्दता समेत व्यक्त गरेको छ । 

विपद्को समयमा प्रभावित नागरिकहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको यस सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । 

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले राहत तथा पुनस्र्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । 

आर्या फार्माल्यावले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

images
प्रकाशित मिति :भाद्र १४, २०८३ आइतवार - १९:१७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology