Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह

रासस

१२, भाद्र २०८३
बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह
images

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आग्रह गर्नुभएको छ ।

images
images
पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक विपद्का कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा आमनागरिकलाई आग्रह गर्नुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारीले प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा, अस्थायी आवासलगायत अत्यावश्यक राहत सामग्री तत्काल पु¥याउन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सबैपक्ष एकजुट भएर मानवीय सेवामा जुट्नुपर्नेमा जोड दिनुभएको छ ।
साथै बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो । उहाँले विपद्मा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । रासस

images
प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - ११:२५:३७ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology