Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको  सल्यानटारमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ

धादिङको  सल्यानटारमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ

इच्छाकामना न्युज

६, चैत्र २०७७
धादिङको  सल्यानटारमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ
images

धादिङ, ६ चैत्र । गत फागुन १७ गते धादिङको त्रिपुरासन्दरीमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ परेका छन्। 

images
images

त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो । 

ब्युरोले यस विषयमा सार्वजनिक गर्न शुक्रबार पत्रकार सम्मेलन गर्दैछ । पक्राउ परेका व्यक्तिलाई धादिङ बुझाएर ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

खोल्सी जिपजिपेमा भएको घटनामा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । तर, चालक बुढाथोकीले उद्दार गर्नु साटो खाल्डोमा वरिपरीको माटो ल्याएर पुरिदिएका थिए ।

सल्यानटार–आरुघाट सडकखण्डमा चल्ने एक बसका यात्रुले डोजरले मान्छे पुरेको भन्दै हल्ला गरेपछि बुढाथोकी डोजर छाडेर भागेका थिए । त्यसयता अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धादिङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग सहकार्य गरिरहेको थियो 

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - १४:१२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology