Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणीको आरोपमा बाबु पक्राउ

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणीको आरोपमा बाबु पक्राउ

इच्छाकामना न्युज

७, भाद्र २०८३
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणीको आरोपमा बाबु पक्राउ

चितवन। आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की दिएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले भरतपुरका एक ४५ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ। पीडित किशोरी स्वयंले जिल्ला प्रहरी कार्यालय चितवन पुगेर उजुरी दर्ता गराएपछि घटना सार्वजनिक भएको हो।

images
प्रहरीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ती पुरुषका श्रीमती र छोरा जापानमा बस्दै आएका छन्। नेपालमा रहेकी छोरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउने भनि उनी करिब ८ महिनाअघि नेपाल फर्किएका थिए। केही समयपछि पुनः जापान फर्कने तयारीमा रहेका उनी र छोरी मात्रै घरमा बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार गत साउन २८ गते मादक पदार्थ सेवन गरी ती पुरुषले धम्की दिँदै छोरीमाथि जबर्जस्ती करणी गरेका थिए। प्रारम्भिक बयानका क्रममा आरोपित बाबुले कसुर स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। भदौ ४ गते नियन्त्रणमा लिइएका ती पुरुषमाथि अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
 
 

images
प्रकाशित मिति :भाद्र ७, २०८३ आइतवार - १६:०३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology