Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

स्वास्थ्य उपचारमा एकरूपता ल्याउन प्रोटोकललाई स्वास्थ्य बीमासँग जोड्ने तयारी

स्वास्थ्य उपचारमा एकरूपता ल्याउन प्रोटोकललाई स्वास्थ्य बीमासँग जोड्ने तयारी

इच्छाकामना न्युज

३०, श्रावण २०८३
स्वास्थ्य उपचारमा एकरूपता ल्याउन प्रोटोकललाई स्वास्थ्य बीमासँग जोड्ने तयारी
images

काठमाडौँ। देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ। 

images
images

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा। जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एकरूपता ल्याउन जारी मानक उपचार प्रोटोकल (एसटीपी) लाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा। पवनजंग रायमाझीसहित सरकारी स्वास्थ्य संस्थामा कार्यरत पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी थिए।

विशेषज्ञ चिकित्सकहरूले आ–आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलका व्यावहारिक पक्ष, समस्या तथा सुधार गर्नुपर्ने विषयबारे सुझाव दिएका थिए। विभिन्न विभाग तथा महाशाखाले छुट्टाछुट्टै प्रोटोकल निर्माण गर्दा समन्वयको अभाव देखिएको भन्दै त्यसलाई समाधान गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।

डा। रायमाझीका अनुसार आवश्यकता पहिचान गरी हालसम्म १९ वटा उपचार प्रोटोकल तयार गरिएको छ। तीमध्ये केही स्वीकृत भएर कार्यान्वयनमा आइसकेका छन् भने केही प्रक्रियामा रहेका छन्। कार्यान्वयनमा रहेका प्रोटोकललाई पनि समयअनुकूल परिमार्जन गरी एकरूपता कायम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

स्वास्थ्य उपचारका क्रममा आवश्यकताभन्दा बढी सीटी स्क्यान, एमआरआईलगायत परीक्षण गराउने प्रवृत्तिले बिरामीको आर्थिक भार बढाउनुका साथै स्वास्थ्य बीमा कार्यक्रमको खर्चसमेत बढाउने भएकाले आवश्यकताका आधारमा मात्र परीक्षण गराउने गरी स्पष्ट प्रोटोकल बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ।

प्रोटोकलको प्रभावकारी कार्यान्वयन तथा समयानुकूल परिमार्जनबाट अनावश्यक स्वास्थ्य परीक्षण र महँगा औषधिको प्रयोग घट्ने अपेक्षा गरिएको छ। यसबाट बिरामीको उपचार खर्च कम हुनुका साथै सरकारी स्वास्थ्य कोषको दुरुपयोग नियन्त्रण गर्न र स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

images
प्रकाशित मिति :श्रावण ३०, २०८३ शनिवार - १०:१७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology