Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क असुल गर्ने भरतपुरको पुरानो मेडिकल कलेजलाई १८ लाख धरौटी

कोरोना परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क असुल गर्ने भरतपुरको पुरानो मेडिकल कलेजलाई १८ लाख धरौटी

images

इच्छाकामना न्युज

६, चैत्र २०७७
कोरोना परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क असुल गर्ने भरतपुरको पुरानो मेडिकल कलेजलाई १८ लाख धरौटी
images

चितवन, ६ चैत्र ।
चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजलाई १८ लाख धरौटी लिईएको छ । 
अस्पताल आएका बिरामीको कोरोना भाईरस (कोभिड–१९) परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क असुल गरेकोले कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) सँग १८ लाख रुपैयाँ धरौटी लिईएको हो। 

नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क असुल गरेको उक्त अस्पतालसँगै काठमाण्डौँको स्टार अस्पतालसँग पनि पाँच लाख रुपैयाँ धरौटी मागिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताउनुभयो । यी दुई अस्पतालका प्रतिनिधि धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी संस्थागत तारेखमा रहेको प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।

शिक्षण अस्पतालले यहाँ सङ्कलन गरेको स्वाबको नमूना स्टार अस्पताल पठाउने गरेको थियो । सरकारले पिसिआर शुल्क दुई हजार रुपैयाँ तोकेकोमा ती अस्पतालले तीन हजार रुपैयाँ शुल्क लिएपछि प्रशासनले कारबाही गरेको हो । ती दुई अस्पताल विरुद्ध यही चैत ४ गते मुद्दा पेश भएको थियो । प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार नमूना परीक्षण गरेको आधारमा धरौटी माग गरिएको हो ।

प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले कारबाही गरेको हो । उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारबाही शुरु गरिएको छ । बयानका क्रममा दुवै अस्पतालका सञ्चालकहरुले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । उनीहरुलाई मुद्दा पुर्पक्षको लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो ।

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - ०९:१३:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology