Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै आजदेखि एक महिने लकडाउन‍‍

फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै आजदेखि एक महिने लकडाउन‍‍

images

एजेन्सी

६, चैत्र २०७७
फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै आजदेखि एक महिने लकडाउन‍‍
images

काठमाण्डौ, ६ चैत्र ।
कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै  फ्रान्समा फेरि एक महिने लकडाउन सुरु भएको छ ।

फ्रान्सको राजधानी पेरिससहित अरु १५ क्षेत्रहरुमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनको घोषणा भएको हो ।

अहिलेको लकडाउन अघिल्लो पटकको लकडाउनजत्तिकै कडा भने नहुने फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले बताउनुभएको छ । लकडाउनका समयमा अतिआवश्यकबाहेक अरु रोजगारीका कामहरु बन्द रहनेछन् भने विद्यालयहरु भने खुल्ने फ्रान्सको सरकारले जनाएको छ ।

यो समयमा मानिसहरु अतिआवश्यक परेमा १० किलोमिटरसम्मको दूरीमा आउजाउ गर्न पाइने तर एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज गरिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

समयमै खोप अभियान सञ्चालन नगरेकामा फ्रान्स सरकारको चर्को आलोचना भइरहेको छ । समयमै खोप लगाउन नसकेकाले तेस्रो लहरको सङ्क्रमण सुरु भएको भन्दै सरकारको विरोध भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - ०८:५१:३५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology